पोखरामा भोलिदेखि विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता
पाेखरा | फागुन १९, २०८०
पोखरा: पोखरामा भोलिदेखि सुन्दर ढोका साथी सेवाको आयोजनामा विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता प्रतियोगिता हुने भएको छ ।
सुन्दर ढोका साथी सेवाका निर्देशक स्वर्गीय विकास अधिकारीको दोस्रो स्मृति दिवसको अवसरमा पोखरामा राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता हुन लागेको हो ।
आइतबार र सोमबार पोखरा रंगशालाको बास्केटबल कोर्ट र पुन समाज रामघाटको बास्केटबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा १५ टिमको सहभागिता रहेको सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विजता अधिकारी लुईटेलले जानकारी दिईन ।
‘पर्यटकीय शहर पोखरामा भोलि र पर्सी विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता सञ्चालन गर्दै छौं’, कार्यकारी निर्देशक लुईटेलले भनिन्, ‘दुईदिनसम्म सञ्चालन हुने राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगितामा महिला÷पुरुषतर्फ गरेर १५ टिमको सहभागिता रहने छ ।’
उनका अनुसार विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिताको महिला÷पुरुषतर्फको विजेताले ५० हजार, उपविजेताले ४० हजार र तेस्रो हुने समूहले ३० हजारसहित पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी र हाई स्कोररलाई जनही ५÷५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् । दुईदिनसम्म सञ्चालन हुने प्रतियोगितामा करिव ६२ लाख रुपैयाँ खर्च अनुमान गरिएको कार्यकारी निर्देशक लुईटेलले बताईन ।
प्रतियोगितामा महिला तर्फ गण्डकी प्रदेशसहित ६ वटा प्रदेशको सहभागिता रहनेछ भने पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबसहित ७ प्रदेशको सहभागिता रहनेछ ।
को हुन् स्वर्गीय विकास अधिकारी ?
स्वर्गीय विकास अधिकारी सुन्दर ढोका साथी सेवाका संस्थापक निर्देशक हुन् । अपाङ्गताको क्षेत्रमा क्रियाशिल संंस्थाका संस्थापक निर्देशक स्व. अधिकारीले अपाङ्गता भएका व्यक्ति तथा परिवारहरुको लागि नेपाली समाजका सीमान्तकृत व्यक्तिहरुका लागि पहुँचयोग्य बनाउन निरन्तर लागिरहेका व्यक्ति ुहन् ।
अपाङ्गताको क्षेत्रमा क्रियाशिल संस्था सुन्दर ढोका सेवाका संस्थापक स्व. विकास अधिकारीले समाजमा अपाङ्गता भएका व्यक्तिहरुका लागि समान हक, अधिकारसँगै अपाङ्गमैत्री सुशासन समाजका निर्माणका लागि काम गर्दै आएका थिए ।
उनको विश्वभर फैलिएको कोरोना भाइरसको सक्रमणपछि उपचारको क्रममा दुईवर्ष अगाडि मृत्यु भएको थियो । सुन्दर ढोका साथी सेवाले उनै स्व. विकास अधिकारीको दोस्रो स्मृति दिवसमा पोखरामा विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल प्रतियोगिता च्याम्पियनसिप नेपाल २०८० सञ्चालन गर्न लागेको छ ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

